बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली फिल्म ‘गोर्खा वारिअर’लाई शुभकामना दिंदै लेखे पत्र

५ भदौ, काठमाडौं : नेपाली फिल्म ‘गोर्खा वारिअर’ का निर्माता र निर्देशक मिलन चाम्सले गत जुलाई २० मा सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिंदै पत्र लेखेका थिए । भने बेलायती प्रधानमन्त्री ऋषि सुनकले उक्त पत्रको जवाफ दिदैँ आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने भन्दै सफलताको शुभकामना दिएका छन् ।

पत्रमा प्रधानमन्त्री सुनक लेख्छन्, ‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद ।’

यो फिल्मलाई सेप्टेम्बर १० मा बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गर्ने कार्यक्रम छ । यो हलमा यसअघि चर्चित हलिउड फिल्महरुको प्रिमियर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *