बेइजिङमा नेपाल र चीनबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर

९ असोज, काठमाडौँ : नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा नेपाल र चीनबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच नेपाल र चीनका अधिकारीहरुको उपस्थितिमा १० वटा सम्झौता र ३ वटा समझदारीपत्र आदानप्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले यी सम्झौता र समझदारी कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारलगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको बताए ।

श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहयोग, हरित तथा न्यून कार्बन सहयोग, प्राचीन ग्रन्थको अनुवाद र प्रकाशनसम्बन्धी सम्झौता आदानप्रदान भएको थियो । त्यसैगरी, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यदल गठन गर्ने सम्झौता भएको छ ।

शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । यसका साथै चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच सम्झौता पत्र आदानप्रदान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *