बृहत “बहुजातिय सांस्कृतिक साँझ २०१७ बहराईनमा हुने

प्रमेश तमु- बहराइन २८ असार
नेपाल आदिबासी जनजाती महासंघ बहराइनले बहुल जातीय सांस्कृतिक साझ गर्ने भएको छ l जनजाती महासंघ बहराइनले यहि ११ अगस्त २०१७ का दिन विश्व आदिबासी जनजाती दिवसको अवसरमा पारेर बहराईन स्थित वांगसांगथाइ रेस्टोरेन्ट को सभाहल, अदलियामा ‘बहुल जातीय सांस्कृतिक साँझ’को आयोजना गर्न लागेको हो l कार्यक्रम साँझको ५:३० देखि १० बजे सम्म हुने छ l

बहराइनमा पहिलोपटक नेपाल आदिबासी जनजाती महासंघ बहराइनको आयोजना र बहराइनमा स्थापित विभिन्न जातीय संस्थाहरुको प्रत्यक्ष संलग्नता र सहकार्यमा हुन लागेको उक्त सांस्कृतिक साँझमा नेपाल र नेपालीहरुको पहिचान र अस्तित्वलाई केन्द्रबिन्दुमा राखेर विभिन्न जातिको पहिचान झल्कने प्रस्तुति साथै राष्ट्रिय भावनाले ओतप्रोत भएका विविध मनोरंजनात्मक सांगीतिक उत्कृष्ट कार्यक्रम पस्कने संघले जनाएको छ l

“बहुल जातीय संस्कृतक साँझ आयोजनाको प्रमुख उदेश्य भनेको नेपालका आदिबासी जनजातीहरुको मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, भेष-भुषा, परम्परा र रितिरिवाज जस्ता राष्ट्रिय गौरवका पहिचान जनित बस्तुहरुलाई संरक्षण र सम्बर्द्धन गर्नु नै हो” महासंघले भनेको छ ।

बहराइनलाई कार्यथलो बनाइ कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाएका उत्कृस्ट कालाकारहरुको संयोजनमा हुने धमाकेदार साँझामा आगान्तुक कलाकार भने नल्याइने भएको छ l यसको उदेश्य यहाँका राम्रा कलाकारहरुलाई प्राथमिकता दिनु पनि हो l संघले महासंघमा आबद्ध रहेका ६ वटै जातीय संस्थावाट आ-आफ्नो पहिचान झल्कने खालको बेजोडको प्रस्तुति दिने र अन्तराष्ट्रिय कलाकार समाज बहराइन, अन्तराष्ट्रिय कलाकार मंच बहराइनलाई एक धमाकेदार प्रस्तुतीको आग्रह गरेको छ l

साथै कार्यक्रमलाई थप रंगिन र मनोरन्जनात्मक बनाउन बहराइनमै पहिलो पल्ट मिथिला र नेवारी संस्कृतीलाई समेत जोड्ने प्रयास गरिने भएको छ l
साथै महासंघले बहराइनमा अस्तित्वमा रहेका सबै सामाजिक संघ संस्था, जातिय संघ संस्था, ब्यापारी, समाजसेवी, बुद्धिजीबी, पत्रकार लगायत राष्ट्र, राष्ट्रीयता र नेपालको पहिचान र अस्तित्वलाइ माया गर्ने सम्पुर्ण बहराइनबासी दाजु भाइ तथा दिदी बहीनिहरूलाइ कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *