बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

१६ साउन, काठमाडौं : धारिलो हतियार प्रहार गरी सप्तरीकी २८ वर्षीया अनिता चौधरीको बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको हत्या भएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । चौधरीमाथि आइतबार राति धारिलो हतियार प्रहार भएको र घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *