बीपी साहित्य महोत्सव आजबाट सुरु हुँदै

२४ भदौ, काठमाडौँ : तीनदिने बिपी साहित्य महोत्सव २०८० आजबाट सुरु हुँदैछ ।

नेपाल काङ्ग्रेसले आफ्ना संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको ११०औँ जन्मजयन्तीको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा ​​नेपाल लेखक संघ र नेपाल साँस्कृतिक महासंघ लगायतको सहकार्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुरको सानेपामा कार्यक्रम हुन लागेको हो ।

महोत्सवमा कविता गोष्ठी, गजल वाचन, सांगीतिक प्रस्तुति, कला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र तस्विर प्रदर्शनी रहेका छन् । महोत्सवको उद्घाटन सत्रमा ‘हाइज्याकिङ फर डेमोक्रेसी’ शीर्षकको डकुमेन्ट्रीको प्रदर्शनी हुनेछ । महोत्सवमा कविता, गजल, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक तस्बिर प्रदर्शनी लगायतका कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

साहित्यकार अभि सुवेदीले बीपीको साहित्य सृजना र जीवन दर्शनबारे प्रवचन दिनेछन् । पहिलो दिनको अन्त्यमा कविता गोष्ठी हुने भएको छ जसमा २० जना कविहरुको सहभागिता रहने छ । नेपाल काँग्रेस पार्टीले पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन शिक्षाविद्, विद्वान तथा इच्छुक सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *