बिशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

१९ भदौ, काठमाडौँ – काठमाडौंमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा विशाल पौडेल र सनम मुलगुठीले स्वर्ण पदक जितेका छन् ।

च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथिको तौल समूहमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् ।

सनमले हङकङ चाइनाकी मा सिन यीलाई पछि पार्दै महिला स्वीम सुट फिजिक्स खुल्ला विधातर्फ स्वर्ण हात पारेकी हुन् । नेपालका सुरेश दुवालले पुरुष ५५ केजीमा रजत पदक जिते भने उनी भियतनामका बुइ दाक फि भु संग पराजित भएका थिए ।
६० केजी तौलमा अश्मिन बाबु गरुङले रजत र कमल भण्डारीले कास्य पाए । यस विधामा थाइल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *