बिरामी मृत्यु प्रकरणः आफन्त र अस्पतालबीच ३ बुँदे सहमति

१२ भदौ, काठमाडौँ : मृतक बिरामीका आफन्त र स्वस्तिक अस्पतालबीच सहमति भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर निवासी ५५ वर्षीय आइजनलाल चौधरी मिर्गौलामा पत्थरी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । बायाँ मिर्गौलाको शल्यक्रियाका क्रममा अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । तीन बुँदे सहमति भएपछि दुवै पक्षबीचको छलफल अन्तिम चरणमा पुगेको छ । मृतकका छोरा एमबीबीएस अध्ययनरत ज्योतिप्रकाश चौधरीको पढाइ शुल्क स्वस्तिक अस्पतालले बेहोर्ने सहमति गरेको छ । मृतकका दुई छोरीको विवाहको खर्च पनि अस्पतालले बेहोर्ने सहमति भएको छ । अन्त्यमा अस्पतालले शल्यक्रियामा संलग्न डा जोन्स तिवारीलाई कारबाही गर्ने भएको छ । बिरामीका आफन्तले चिकित्सकको लापरवाहीको आलोचना गर्दै अस्पतालको विरोध गरेपछि अस्पतालमा तनाव भएको थियो । आफन्तले विरोध प्रदर्शन गरेपछि अस्पतालले पनि सुरक्षा बढाएको थियो । यो पनि हेर्नुहोस्: बिरामी मृत्यु प्रकरणः छलफल निष्कर्षविहीन भएपछि अस्पतालमा तनाव बिरामीको मृत्यु : अस्पतालमा सुरक्षा व्यवस्था कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *