बिछोड पछाडि,रुपकुमार राई एक्लै भौतारिन्दै खोलै खोला हिड्दा खेरि

rup kumar
रुपकुमार राई र विना स्कुल जान लाग्दा

एउटा टाढाको गाउँमा रुपकुमार राई विना एउटै स्कुलमा पढ्ने विद्यार्थीहरु हुन् । स्कुल जादा संगै, स्कुल बाट घर फर्किदा संगै । सधै संग-संगै बाटोमा हिड्ने हुँदा, उनीहरुको एक-आपसमा आत्मियता बढ्छ । बाटोमा जिस्किन्दै,माया पिरतीको कुरा गर्दै हिड्दा,यो आत्मियताको दुरी यति बढ्छकि, उनीहरु एक-अर्का बिना टाढिएर एक्लै बस्न नसक्ने अवस्थामा पुग्छन् । एक दिन, दुई जना स्कुल बाट घर संगै फर्किंदै थिए, बाटोमा विना अचानक लड्दा ढुङ्गामा नराम्रो संग बजारिएर उनको टाउको रगताम्य हुन्छ । आफ्नो प्रेमिका लडेर घाईते भएपछी,अतालिएको रुपकुमारले बिनाको टाउको बाट बगेको रगत थाम्न यताउति केहि चिज खोज्छ, तर केहि नभेटेपछि, हतपत्त आफुले लगाई रहेको सर्ट च्यातेर,बेहोस बनेकी बिनाको रगत बगीरहेको टाउको बाँधी दिन्छ ।

समय बित्दै जान्छ, समय बित्ने क्रममै,एकदिन बिनाले रुपकुमारलाई थाहै नदिई, छाडेर जान लागेकी हुन्छिन् । कसो-कसो रुपकुमारले विना जान लागेको थाहा पाएपछि, रुपकुमार, बिनालाई पछ्याउदै सडकमा पुग्छ, जब रुपकुमार त्यहाँ पुग्छ, रुपकुमारले बस रोक्न खोज्दाखोज्दै,विना बस चढेर हिडछिन् ।

त्यसपछि, कथाले अर्को मोड लिन्छ । आफ्नो प्राण भन्दा प्यारी विनाले छाडेर गएपछि वियोगको दिनहरु सुरुहुन्छ । रुन्छ, भक्कानिन्छ अनि भौतारिन्छ रुपकुमार । हिजो आज रुपकुमार,खोलाको किनारै किनार “नत लगेउ मलाई साथ्, बढ्यो दिलको खाटो । अँध्यारोले छोप्नै छोप्यो आफू हिड्ने बाटो” गीत गाउदै एक्लै हिडिरहेको छ ।

यो माथिको कथा रुपकुमार राईको आफ्नो भने हैन । यो कथा हो उनको आफ्नो गीत “नत लगेउ मलाई साथ् बढ्यो दिलको खाटो, अध्यारोले छोप्नै छोप्यो, आफू हिड्ने बाटो” गीतको छायाङ्कन गरिएको कथा हो । ललितपुरको लेले भन्ने गाउँमा यहि गीतको छायाङ्कनमा अभिनय गरेका छन् गायक रुपकुमार राईले भने, यो गीतमा रुपकुमार राईलाई साथ् दिएकी छिन् विना राईले । यो म्युजिक भिडियोलाई निर्देशन गरेका छन् निर्देशक दिपेन्द्र राई (कुलदिप)ले ।यो गीतको शब्द रचना गरेका छन् देवान चाम्लिङ्गले भने संगीत गरेका छन् महेश खड्काले । यो गीतको म्युजिक भिडियो हेर्न भने केहि दिन कुर्नु पर्ने भएको छ । तर यो गीतको अडियो भने केहि दिन अगाडि नै सार्वजनिक भई सकेको छ ।

प्रस्तुति: ईन्द्र जिजीबिषा

यो गीतको अडियो सुन्न/हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *