बिच्छीले लिंगमा टोकेपछि विष नफैलियोस् भनेर लिंग काटे २२ वर्षीय युवकले

१ भदौ काठमाडौँ : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

ती युवकका अनुसार उनी घर जाने क्रममा अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको पनि दुखेको र घर जाने बाटोमा भएको सवारी दुर्घटना भएका कारण जाम पनि भएकाले होटलमा बास बस्नु परेको थियो । र होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको उनले बताएका छन् ।
प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो । र हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *