बिग बोस सिजन २ को विजेता बने युट्युबर एल्भिस यादव

३० साउन , काठमाडौं : बिग बोस ओटीटी सिजन २ को विजेता युट्युबका चर्चित अनुहार एल्भिस यादव भएको छ । भने अभिषेक मल्हान उपविजेता बनेको छ ।

वाइल्ड कार्डबाट आएका यादवले जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् ।

बिगबोस चलिरहँदा उनको स्वास्थ्य खराबसमेत भएको थियो । जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो र फिनाले सुरु हुँदासमेत उनी शोमा देखिएनन् तर उनले पछि बिगबोसको हाउसमा इन्ट्री लिएका थिए ।

सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *