बिग्रिएर रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिंदा ११ जनाको १५ जना घाइते

२७ भदौ, काठमाडौँ : गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । प्रहरीका अनुसार जयपुर-आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो । भने त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *