बावु बिरामी भएकै कारण विद्यालय जानवाट बञ्चित

गोबिन्ध ल्यागुन / दमक २ मंसीर- आर्थिक अभावका कारण कार्की परिवार विचल्निमा परेको छ । उमेरले भर्खरै १५ पुगेकी झापा दमककी कल्पना कार्की अहिले स्कुल जानबाट बञ्चित बनेकी छन् । कल्पनाको बुवा ज्ञानेन्द्र बहादुर कार्की बिगत २ वर्षदेखी कानमा क्यान्सर भएको कारण कल्पनाले विद्यालय जान नपाएकी हुन् । घरमा आमाले पनि छोडेर गएपछि बिरामी बुवालाई स्याहार -सुसार गर्नु पर्ने भएकोले आफु विद्यालय जान नपाएको कल्पनाले बताईन । घरको आर्थीक अवस्था कमजोर भएका कारण पनि ठुलो अस्पतालमा लगेर लामो समयसम्म राखेर तत्कालै रोग निको पार्न नसकेको कल्पनाले दुखेसो पोखिन् । “घरमा भएको थोरै पैसा र गहना बेचेर भरतपुर क्यासर अस्पतालमा लगेर त ल्याइयो तर वुुवाको हालत फेरिएको छैन ।” कल्पना भन्छिन् ।

४५ बर्षीय ज्ञानेन्द्र दुई वर्ष अघि बिदेशवाट फर्किएका हुन् । साउदि अरव कमाउन भनेर गएका उनि, उल्टै रोग बोकेर नेपाल फर्केपछि कार्की परिवार थप चिन्तामा परेको हो । त्यसमाथि ज्ञानेन्द्रको श्रीमतीले घर छ्डेर हिडेपछि घरमा भएकी छोरी कल्पना र वावु ज्ञानेन्द्रको बिजोग बन्दै गएको छ ।

स्थानिय ढुकुरपानी मावीमा कक्षा ९ मा अध्ययन गर्ने कल्पना बिगत २ वर्षदेखी वावुको स्याहार सुसार गर्नु परेकै कारण पढाईलाई निरन्तरता दिन पाएकी छैनन् । कार्की परिवारको दमक स्थि वडा नं २ डाकिनीमा ७ धुर जग्गामा सानो झुप्रो घर रहेको छ भने आम्दानीको श्रोत समेत केहि नभएकोले वावु ज्ञानेन्द्रको उपचार गराउन समेत गाह्रो भैरहेको छोरी कल्पनाले बताईन् । अहिलेसम्म आफ्नै भएको सम्पती र आफन्तले दिएको सापट पैसावाट वावुको उपचार गराउँदै आएको र अब आफूसंग पनि पैसा नभएको र आफन्तसंग पनि माग्ने बाटो बन्द भएकोले वावुको थप उपचार गराउन गाह्रो भएको कल्पना बताउछिन् ।

पीडित कार्की परिवारलाई कार्कीको घरको अवस्था नाजुक भएका कारण २ महिना अघि स्थानिय साना सहयोगी नामक संस्थाले नगद १०हजार र २ क्वीटल चामल उपलब्ध गराएको थियो । दुई महिनादेखी यता त्यहि साना सहयोगी संस्थाले दिएको सहयोगले चल्दै आएको र यसपछि के गर्ने भन्नेवारेमा कार्की परिवार अन्यौलमा परेको छ । “वुवाको उपचार मात्र गराउन पाए दैनिक जिवीको पार्जन त जसोतसो गरिन्थ्यो ।” छोरी कल्पनाले वावुको उपचारका लागि सबैसँग सहयोगको अपिल पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *