बालकृष्ण खाँणलाई भेट्न टेकु पुगिन् मञ्जु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *