बाढीले मुख्य सडक अवरुद्ध गरेपछि मेलम्ची र हेलम्बुमा उच्च सतर्कता

८ भदौ, काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण सवारी आवागमन प्रभावित भएको छ ।

केही दिनयताको अविरल वर्षापछि मेलम्ची खोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण हेलम्बु गाउँपालिकाले अवरुद्ध हटाउन गरेको प्रयासले परिणाम पाउन सकेको छैन ।

बाढीले मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध गरेको स्थानीयवासी श्याम चालिसेले बताए ।

बाढीको जोखिमका कारण गाउँपालिका उच्च सतर्कतामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *