बाढीले बगाउँदा दुई जनाको मृत्यु : ७२ जनाको उद्धार

२४ साउन , काठमाडौँ : मङ्गलबार साँझ सर्लाहीको बाँके खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने फसेका ७२ जनाको उद्धार गरिएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरी त्यस्तै रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाढीमा फसेकामध्ये ७० जनाको उद्धार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *