बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

१६ भदौ, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । सङ्घको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले खड्काको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । खड्काले आफ्ना प्रतिद्वन्द्वी उमेश पियालाई ९ रनले पराजित गर्दै विजयी भएका हुन् । उनले २३ मत प्राप्त गरे । खड्का काठमाडौं जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् । त्यसैगरी बागमती प्रदेश क्रिकेट संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रसन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । त्यसैगरी सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, संजोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल र महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *