बाँस घारीमा युवकको शव फेला

१६ साउन, काठमाडौँ : सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा एक युवकको शव फेला परेको छ ।

उनी अन्दाजी ३०–३५ वर्षको रहेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेको अनुमानमा र घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या भएको हुन सक्ने बताएका छन् ।

स्थानीयले आज बिहान ७ बजे शव देखेको र प्रहरीलाई खबर गरी प्रहरी तोली पुगी अनुसन्धान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *