बाँकेमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

२३ भदौ, काठमाडौँ : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा २९ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीय कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीय जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, जुगबहादुर चन्द रहेका छन् । सोही नगरपालिकाको वडा नम्बर ८ को ४५. त्यसैगरी बसमा सवार ३५ वर्षीय पुरुषको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३२१ नंको बस अनियन्त्रित भई सडकमा रोकिएको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना यात्रु बोकेको बसमा… बस बेथानी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा बर्दियाको स्वामित्वमा रहेको र सञ्चालनमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *