बाँकेको बाल हिरासत केन्द्रमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

५ असोज, काठमाडौँ : बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु किशोर हिरासत केन्द्रमा भएको झडपमा २१ वर्षीय युवकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

झडपमा रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । चार जनाको अवस्था गम्भीर रहेको राठौरले बताए । बाल हिरासत केन्द्र तोडफोड र आगजनी गरियो। अहिले केन्द्रमा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *