बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्छु: सांसद थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताए ।

महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने जिकिर गरे। गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पु¥याएर नेता बनेको बताउँदै उनले यो सुविधा रहेको तर्क समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *