“बलेनको भनाइबाट हामी निरुत्साहित भएका छौं” – काठमाडौंका प्रमुख जिल्ला अधिकारी

१८ भदौ, काठमाडौँ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बलेन शाहको अभिव्यक्तिले सुरक्षा बोर्ड र प्रशासन निरुत्साहित भएको बताएका छन् ।

“तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छ, मेयरले उहाँलाई धन्यवाद दिनैपर्छ। तर किन अपमान गरे, सुरक्षा बोर्ड र प्रशासनलाई धम्की दिनुभयो,” उनले भने। “सबैले आ-आफ्नो हैसियतबाट आफ्नो जिम्मेवारी पूरा गरेका छन्। तर उनले कानुन नमान्ने बताए भने त्यो अर्कै कुरा हो। यो प्रवृत्तिले हामीलाई निरुत्साहित गरेको छ।”

शनिबार राति ट्राफिक प्रहरीले महानगरपालिकाको गाडी रोकेपछि बलेनले सामाजिक सञ्जालमार्फत सरकारको अपमान गर्दै सिंहदरबार जलाउने धम्की दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *