बझाङका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

१८ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले उद्धार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन समेत दिएका छन् । बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकमा बोल्दै प्रधानमन्त्रीले यी संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल र जनताको समन्वय आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना र पुनर्निर्माणमा कुनै कमी नहुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *