बझाङका कराते खेलाडीले जिते दक्षिण एसियाली कराते कपको उपाधि

२८ भदौ, काठमाडौँ : बझाङको मष्टा गाउँपालिका–२ बडेगाउँका सुदुप कठायतले भारतको चेन्नईमा भएको दक्षिण एसियाली कराते कप–२०२३ को उपाधि जितेका छन् ।

जापान कराते-दो कोशी काई सितो र्यु एसोसिएसनको ब्यानरमा नेपालको प्रतिनिधित्व गर्दै ५५ केजी तौल समूहमा १८ वर्षिय खेलाडी विजयी भए । फाइनलमा उनले आफ्नो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै शीर्ष स्थान कायम गरे भने भारत तेस्रो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *