बजेटले वास्तविक परिणाम दिन सक्दैन: सांसद थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेटको आकार ठूलो भएपनि वास्तविक परिणाम दिन नसक्ने बताएका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताएका हुन।

चालू आर्थिक बर्षमा राजस्व संकलनको अवस्था हेर्दा अर्को आर्थिक बर्षको लक्ष्य समेत पुरा हुन नसक्ने देखिएको उनले बताए।

बजेटमार्फत गरिएका करका दल हेरफेरले उपभोक्तालाई असर पर्न सक्ने भन्दै थापाले करको दर हेरफेर औचित्य पुष्टि हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *