बजेटबारे ओलीको अभिव्यक्ति प्रतिशोधपूर्ण: जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिनु भएको उल्लेख गर्दै उपमहासचिव शर्माले उहाँको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिएका हुन् ।

आज जारी प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने बताए। उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको बस्तुनिष्ट समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गरे।

यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने उनको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *