फेसबुक र ट्विटरलाई टक्कर दिने नेपाली युवाहरुले बनाए “होमी नोट”

काठमाडौ – नेपाली युवाहरुले नयाँ सामाजिक संजालको निर्माण गर्ने भएका छन् । नयाँ-नयाँ प्रविधिको दुनियाँमा फेसबुक, ट्विटर जस्ता सामाजिक संजालले तहल्का मच्याई रहेको बेला नेपाली युवाहरुले “होमी नोट” नामक अर्को सामाजिक संजालको निर्माण गरेका हुन् ।

फेसबुक, ट्विटर जस्ता सामाजिक संजाल अत्यधिक प्रयोग भएपनि प्रयोगकर्ताहरुलाई प्रयोग गरेवापत कुनै आर्थिक लाभ नदिएको अवस्थामा नेपाली युवाहरुले निर्माण गरेको “होमी नोट” नामक सामाजिक संजालले भने प्रयोगकर्ताहरुले प्रयोग गरेवापत आर्थिक लाभको केहि भाग प्रयोगकर्ताहरुलाई पनि दिने गरेर उक्त साईटको निर्माण गरिएको हो । उक्त साइटको सम्पुर्ण काम सकिए पनि लन्च हुन बाँकी रहेको “होमी नोट” साईटको निर्माणकर्ता अशोक खनालले हामीलाई बताएका छन् ।

यो साईटको निर्माण गर्ने सोच कसरी आयो त भन्ने नेपाल न्युज इन्फोको प्रश्नमा अशोक खनाल भन्छन् , हामी सानै देखि इन्फर्मेसन टेक्नोलोजीको क्षेत्रमा केहि गरौन त भन्ने सोची रहेका थियौ । त्यसैले अरुले गर्दा हुन्छ भने हामी किन नगर्ने ? भन्ने सोचेर नेपालमै यो साईटको निर्माण गर्न लागेका हौँ । तर नेपालबाट गर्दा बजारको हिसाबले खुम्चिनु पर्ने अवस्था आउन सक्ने देखेर हामीले अमेरिकाबाट बेग्गल्याब्स नामक कम्पनि दर्ता गरेर गरेर अगाडि बढेका अशोक खनालले बताए ।

यो कम्पनीको नाम किन यस्तो राखेको त भन्ने सवालमा अशोक भन्छन् ” म र मेरो पार्टनर बिशेष सिलवाल हामी दुवैजना बेरोजगार थियौ । केहि गर्नु पर्छ भन्ने सोच भएपनि खल्तीमा एक रुपैयाँ पनि हुन्न थियो । त्यसैले अरु संग सापटी मागेर कम्पनि रजिस्टार गरेको हुनाले कम्पनीको नाम बेग्गल्याब्स राखेका हौँ ।

यो कम्पनि र साईटको भावी उदेश्य धेरै रहेको सामाजिक संजालका निर्माणकर्ता अशोक खनाल बताउछन् । एउटा काम नसकिदै थप अरु तिनवटा फाईल तयार भईसकेकोले यसको योजना वृहत रहेको अशोक बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *