फिल्म ‘परस्त्री’ले पायो प्रदर्शन अनुमति

काठमाडौँ । असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनका लागि अनुमति दिएको छ ।

गत बुधबार सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।

फिल्मका ६ वटा दृश्य परिवर्तन गरेपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएको छ । ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *