फास्ट ट्रयाक सँगै पेट्रोलियम पाइपलाइन पाईप विछ्याउने प्रस्ताव

काठमाडौ, १३ माघ- नेपाल आयल निगमले काठमाडौं-निजगढ फास्ट ट्रयाक सँगै पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली सेनालाई प्रस्ताव गरेको हो ।

अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम गरिरहेको छ । निर्माणको कामलाई अघि बढाउँदै सेनाले विस्तृत द्रुतमार्गको परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागेको छ ।

भारतीय कम्पनीले तयार गरेको डीपीआरमा पेट्रोलियम पाइपलाइन पनि ल्याउन सक्ने गरी द्रुतमार्ग निर्माण गर्ने उल्लेख थियो । एडीबीले गरेको अध्ययनमा यो सम्भव देखिएको थियो ।

सरकारले अहिले पनि द्रुतमार्ग निर्माण गर्दा त्यो सँगै ग्याससहित पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनेको छ । सँगै खानेपानी, अप्टिकल फाइबर, ग्यास, विद्युत प्रसारणलाइन भूमिगत रुपमा ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनिएको छ ।

आयल निगमले सडकसँगै यस्ता संरचना तयार गरेर मात्रै राख्दा पछि काम गर्न असजिलो हुने भन्दै एकैपटक पाइप बिछ्याउन प्रस्ताव गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *