फालेलुङमा प्रहरी चौकी स्थापना

१५ भदौ, काठमाडौँ : पाँचथरको फालेलुङ गाउँपालिकाको थाकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । त्यहाँ एकजना सहायक सहायक निरीक्षक (एएसआई) को नेतृत्वमा जम्मा १५ प्रहरी तैनाथ हुनेछन् । तर, अहिले ६ प्रहरी मात्रै खटिएका छन् ।

२०१९ मा बसेको मन्त्रिपरिषद्को बैठकले फालेलुङमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार बुधबार प्रहरी चौकीको औपचारिक उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

यसअघि फालेलुङ गाउँपालिकाको केन्द्र थाकेपुङमा प्रहरी चौकी नहुँदा इलाका प्रहरी कार्यालय मेमेङले शान्ति सुरक्षाको समस्या हेर्दै आएको थियो । हाल नयाँ स्थापना भएको प्रहरी चौकीमा भाडाको घर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *