प्राधिकरणले ९ वर्षमा ३ हजार किलोमिटर प्रसारण लाइन जडान गरेको छ

११ भदौ, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले सन् २०१४ देखि हालसम्म तीन हजार ११८ किलोमिटर प्रसारण लाइन जडान गरी देशभर विद्युत् आपूर्ति विस्तार गरेको छ ।

हाल नेपालको विद्युत प्रसारण लाइन सबस्टेसनको क्षमता ८ हजार ८६७ मेगा भोल्ट एम्प (एमभीए) पुगेको छ । नौ वर्षअघि आर्थिक वर्ष २०७४/७५ मा नेपालको सबस्टेसनको क्षमता २ हजार १३२ एमभीए मात्र थियो । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०२२/२३ सम्ममा सबस्टेसनको क्षमता ६ हजार ७ सय ३५ एमभीएले बढेको छ ।

आर्थिक वर्ष २०१४/१५ मा ६६ र १३२ केभी प्रसारण लाइन भए पनि त्यसयता २२० र ४०० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लगातारको विद्युत् कटौतीलाई सम्बोधन गर्न प्रसारण लाइनको सुधार र सुदृढीकरणका लागि काम भइरहेको बताए ।

प्राधिकरणले रुख काट्ने र जग्गा अधिग्रहण जस्ता चुनौती सामना नगरेको भए प्रशारण लाइन जडान चाँडो हुन सक्ने उनले बताए ।

घिसिङले सन् २०५० सम्म विद्युतको माग पूरा गर्न काठमाडौंलगायत देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरी प्रसारण र सबस्टेसन संरचनाको गुरुयोजना तयार पारिएको बताए ।

हुलाकी राजमार्ग नजिकै ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माणको काम शुरु गरिएको घिसिङले बताए । तराई क्षेत्रमा औद्योगिक र सहरी क्षेत्रको वृद्धिलाई समेट्ने उद्देश्यले यो कदम चालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *