प्राज्ञ श्रवण मुकारुङ्गलाई जसराज किराती प्रतिभा पुरस्कार

shrawanईन्द्र जिजीबिषा-पौष २८ काठमाडौ, कवि तथा गीतकार प्राज्ञ श्रवण मुकारुङ्गलाई एकाउन्न हजार रुपैयाँ र ताम्रपत्र सहित जसराज किराती प्रतिभा पुरस्कारले पुरस्कृत गरिएको छ । आज राजधानीको सिटि म्याक्सको हलमा आयोजित रावा सावा प्राज्ञिक समाजको संयोजन जसराज प्रतिभा पुरस्कार प्रतिष्ठानको योजनामा भएको कार्यक्रममा कवि मुकारुङ्गलाई उक्त पुरस्कार प्रदान गरिएको हो । कवि जसराज किरातीको सम्मान स्वरुप जसराज किराती प्रतिभा पुरस्कारको स्थापना गरिएको हो । सामान्यतया नेपाली चलन चल्तीमा मान्छे मरेपछि उनकै सम्झनामा यस्तो प्रकारको पुरस्कार प्रदान गरिने भए पनि जसराज किराती प्रतिभा पुरस्कार मान्छे जीवत हुदै प्रदान गरिएको सायदै नेपालमा यो पहिलो हो । तिन दशक देखि नेपाली साहित्य क्षेत्रमा सक्रिय प्राज्ञ श्रवण मुकारुङ्गको बिसे नगर्चीको बयान चर्चित छ । प्राज्ञ श्रवण मुकारुङ्ग कवि मात्रै हैनन् राम्रो गीतकार पनि हुनुहुन्छ । उहाँको तिमी तारेभिर मत लहरा जस्ता गीतहरु बहु चर्चित रहेको छ ।
कार्यक्रममा बोल्दै जसराज किरातीले भन्नु भयो ” म अझै जीवित छु, मैले सुने जाने अनुसार यी र यस्ता पुरस्कारहरु मान्छे मरेपछि मात्रै दिने गरिन्छ । तर मा जीवित हुदै यो पुरस्कार प्रदान गर्न थालिएको छ । भन्नेले भन्लान्, आफ्नो नामको लागि आफू नमरी नै, आफ्नो नामको पुरस्कार दिन थालियो भनेर, तर म कुनै प्रलोभनमा परेको छुइन । मलाई कुनै नाम कमाउन पनि छैन र केहि चिजको आशा पनि गरेको छुइन । जसरि यो माईक निश्छल छ, जसरि म सानो बोले पनि मेरो आवाज तपाईहरु सामु ठुलो आवाज पुर्‍याई दिन्छ, त्यस्तै म पनि कुनै लोभ र प्रलोभनमा नपरी यो पुरस्कारको सुरुवात भएको हो । म कविता लेख्न सुरुगर्दा, यसरि यस्ता विशिष्ट व्याक्तिहरुको माझमा बोल्न पाउछु जस्तो लागेको थिएन” ।

कार्यक्रममा शुसान्त गुरुङ्गले पुरस्कृत कवि प्राज्ञ श्रवण मुकारुङ्गको बारेमा केहि चर्चा र टिका टिप्पणी गर्नु भएको थियो । भने पुरस्कृत स्रष्टा प्राज्ञ श्रवण मुकारुङ्गले “आज यसरी आफ्नै क्षेत्रका अग्रज कविको नाममा स्थापना भएको पुरस्कार लिन पाउदा खुशी लागेको छ । जो म भन्दा अगाडि र म भन्दा पछाडी यो पुरस्कार पाउने जो कोहीको पनि गर्वले छाती फुल्छ । यी र यस्ता पुरस्कार राज्यले दिने पुरस्कारहरुमा आग्रह पुर्बाग्राह गरिने भएकोले यी र यस्ता पुरस्कारहरुको स्थापना भएको बताउनु भयो । अग्रज कवि जसराज किरातीको शु-स्वास्थ्य एवं दिर्घायुको कामना पनि गर्नु भयो” ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले भन्नुभयो, ” साहित्य विम्व जस्तै छर्लंग हुनु पर्दछ । टाढा बाट हेरे,कल्पना गरेर लेखिएको साहित्य देशको साहित्य हुन सक्दैन । साहित्य त वास्तविक हुनु पर्छ ।

प्राज्ञ शान्तिराम राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शुभकामना मन्तव्य टंक भट्टराईले दिनु भएको थियो भने,सरुभक्त श्रेष्ठ,जसराज किराती, रक्षा राई, सुशान्त गुरुङ,उपेन्द्र सुब्बा, भक्तजंग राई, लोहित गोगोई,विश्वनाथ निरौला लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बम बानियाँले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *