प्रहरी निरिक्षक भोजराज पाण्डेको ‘आँधीहुरी, नेपाल प्रहरी’ गित बजारमा

काठमाण्डौ – प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘आँधीहुरी नेपाल प्रहरी’ बोलको गित बजारमा ल्याएका छन् ।

राष्ट्र सेवासँगै संङगीतिक यात्रालाई समेत निरन्तरता दिँदै आएका प्रहरी निरिक्षक पाण्डेयले आँधीहुरी नेपाल प्रहरी बोलको गित बजारमा ल्याएका हुन् ।  गितमा नेपाल प्रहरी र प्रहरीले आँधीहुरी, प्रचण्ड गर्मी केही नभनी जनताप्रतिको सेवामा निरन्तर खट्ने कुरालाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् ।

गितमा कर्तव्यप्रती निर्भिक र अटल रुपमा प्रहरीले भुमिका खेल्दै आएको कुरालाई समेत उल्लेख गरिएको छ ।  त्यस्तै पाण्डेयले जनताको सेवामा कार्यरत् प्रहरीहरुको अनुभवलाई पनि गीत मार्फत उजागर गरेका छन् ।

प्रहरी निरिक्षक भोजराज पाण्डेयको शव्द रहेको गितमा प्रताप दाषको स्वर रहेको छ । त्यस्तै गितमा दिपक शर्माको संगित र गीतको भिडियोलाई सन्तोष लामा मोक्तानले निर्देशन गरेका छन् ।

भिडियोमा नेपाल प्रहरीको तालिम तथा प्रहरीको भुमिकालाईनै समेटिएको छ । भिडियोको छायांकन पनिे प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा मै गरिएको छ । त्यस्तै ओपस स्टुडियोमा रेकर्ड गरिएको गितलाई सन्तोष लामा मोक्तान र महेन्द्र थापाले सम्पादन गरेका छन् ।

https://youtube.com/watch?v=My-USg5_wIs%3Ffeature%3Doembed

Leave a Reply

Your email address will not be published. Required fields are marked *