प्रहरीले लागुऔषध पछ्याउँदै जाँदा एक युवाले आत्तिएर सेती नदीमा हाम फाले

७ भदौ, काठमाडौँ : प्रहरीले लागुऔषध पछ्याउँदै जाँदा कसेरीबाटै ३ जना युवालाई पक्राउ गरेको छ । भने प्रहरीले लागु औषधसहितका युवालाई पछ्याउँदै प्रक्राउ गर्न जाँदा एक युवाले पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सेती नदीमा हाम फालेका छन् । सेती हाम फाल्नेमा पोखरा–१ कसेरी बस्ने २८ वर्षीय सन्तोष तामाङ रहेको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले तामाङका भाइले दाइ सन्तोष सेतीमा हाम फालेको आफूले देखेको भन्दै दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेपछि उनको खोजीका लागि खटिएको तर फेला नपरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *