प्रहरीमा समायोजन कार्य अघि बढाइने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताएका छन् ।

देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन। संघीय ऐन समेत जारी हुन सकेको छैन।

यस्तै अर्थमन्त्री महतले अध्यागमनलाई सरल र प्रभावकारी पनि बनाइने बताएका छन् । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार, क्षेत्रीय कारागार सम्पन्न गरी सञ्चालन ल्याइने पनि महतले बताए ।

अपराधको न्यूनीकरण गर्न नवीनतम प्रविधि प्रयोग गरिने डिजिटल फरेन्सिक ल्याबलाई थप परिष्कृत गर्दै लगिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *