प्रहरीको हिरासतबाटै एक जना थुनुवा फरार

झापा १८ कातिक- प्रहरीको हिरासतबाटै एक जना थुनुवा फरार भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी शुक्रबार राति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् ।

भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कातिक ६ गते पक्राउ परेका थिए । पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ बजे फरार भएको प्रहरी स्रोतले जनाएको छ । अस्पताल जाने बित्तिकै उनी शौचालय गएका थिए ।

माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए । फरार माझीको खोजी कार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *