प्रवासको कमाई गीतसंगीतमा लगानी,नव गायक दिपकहाङ्ग

चिसाङ्ग शेर्पा,मंसिर १९ खोटाङ्ग ‘रहर भए बहर किन्न सकिन्छ अनि खाने मुखलाई जुँगाले छेक्दैन’ यो नेपाली उखान सबैलाई ब्यावहारिक नभएता पनी अपवादमा कसैको जिन्दगीमा ठ्याक्कै मेल खाएको पाईन्छ । तपाईको दिमागमा आउँला बिदेश जाने धेरै पैसा कमाई जग्गाजमिन जोडी ब्यापार व्याबसाय गर्ने तर, कोही ब्यति यस्ता पनी भेटिन्छ जो रगत पसिना बगाएर पैसा कमाउँछन् कमाएको रकम मनोरञ्जनको दुनियाँमा लगानी गर्छन् । यसैको भिडमा चार बर्षभरीको मलेसियाको कमाई खोटाङ्ग अर्खौलेका नवगायक दिपकहाङ्ग राईले भने नेपाली गीतसंगीतमा लगानी गरेका छन् ।
नेपाली संगीतवजारले उभोगती लिन नसकिरहेको अवस्थामा‘शुभारम्भ’ नामक गीति एल्बम मार्फत नवगायक दिपकहाङ्ग राई नेपाली संगीतबजारमा शुभारम्भ गर्न लागेका हुन् । पछिल्लो समयमा चुनौतीपुर्ण रहेको नेपाली संगीतबजारमा मलेशियाको चारवर्षे कमाई सार्वजनिक हुन लागेको आफ्नो एकल एल्बममा लगानी गरेको युवा गायक राईले बताए । बाबु तिर्थ बहादुर राई तथा माता बिष्णुकुमारी राईको साहिलो छोराको रुपमा खोटाङ्ग अर्खौले ३ पिपलटोलमा ०४९ असार १८ गते जन्मनु भएका नव युवागायक राईले ०६६ सालमा सरस्वती मावि अर्खौलेबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । रहर नै आफ्नो जिन्दगीको लागी टर्निङ्ग प्वाईण्ट भएको बताउने उनले ‘शुभारम्भ’ एल्बममा समाविष्ट ‘दिक्क कि हैन ठिक्क की’ बोलको गीतको भने म्युजिक भिडियो पनी निर्माण गरि युट्युबमार्फत सार्वजनिक गरिसकेका छन् ।
पाँचवटा गीत रहेको एल्बममा पाँचै श्रष्टाहरुको रचना छन् भने भुवन सुप्तीहाङ्ग राईको सोलो संगीत रहेको छ । आधुनिक तथा सेन्टिमेन्टल विधामा समाविष्ट उक्त गीति एल्बममा क्या बोर भो,तिम्रै यादमा जलीरहे,पिरतीको यात्रामा,दिक्क कि हैन ठिक्क की,साथ देऊ हात देऊ जस्ता गीत समाबेश रहेको छ । नवगायक दिपकहाङ्गको एकल स्वर रहेको गीतमा नवराज बिष्ट,पत्रकार डब्बु क्षेत्री,बुद्घबीर लामा,मुकेश राई र गोपाल दाहालको रचना रहेको छ । संगीतकार भुवन सुप्तीहाङ्गसंग तीन महिना संगीत शिक्षा सिकेका गायक राईले एक म्युजिक भिडियोसहित साँढे तीन लाखको लागतमा उक्त एल्बम तयार पारेका हुन् ।
एक म्युजिक भिडियो युट्युबवाट सार्वजनिक गरिए पनी एल्बम केही समय लगत्तै औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने गायक राईले बताए । मोडल तथा नायिका पार्वती राई र लविन राईद्वारा अभिनित ‘दिक्क कि हैन ठिक्क की’ बोलको गीतले भने राम्ररी बजार तताईरहेको छ । परी सिने प्राली म्युजिक कम्पनीमार्फत आफ्नो एकल गीति एल्बम बजारमा ल्याउन लागेको र एल्बममा रहेका पाँच गीतले श्रोताहरुको मन छुने बिश्वास रहेको गायक दिपकहाङ्गले बताए ।

दिपक हाङ्ग राईको (फुलकी रानी) दिक्क कि हैन ठिक्क की गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *