प्रबास बाटै कलाकारिताको पहिचान बनाउन तल्लिन मोडल दियस थापा

तिलोचन गौतम / बुटवल गोल्पार्कका दियस थापा सानै बाट खेल क्षेत्र र कलाकारिता क्षेत्रमा अग्रसर र जागरुक थिए । भलिबल खेल्न भनेपछि पस्केको भात सम्म छोडेर हिड्ने उनि मोजाको भकुण्डो बाट सुरु भएको उन्को खेल जिल्ला स्तर सम्म पुग्यो । विभिन्न रनिङसिल्ड भलिबल खेलमा धेरै क्ल्ब संघ सस्था बाट खेलको लागि हिड्ने उनि अहिले बाध्यतात्मक स्थितिका कारण वैदेशिक रोजगारीको सिलसिलामामा एक बर्ष पहिला मलेसिया आइपुगेका छन् ।

उनि मलेसिया आएर पनि विभिन्न स्थानमा भएको भलिबल खेलमा सहभागि भै रहदा साथी भाइले म्युजिक भिडियोमा अभिनय गरेको कुरा सुनाउथे उन्को पनि यो सानैदेखिको रहर भएकोले चासोको विषय बन्न पुग्यो एउटा साथी मार्फत उन्ले पनि अभिनय गर्ने मौका पाए । त्यो उन्को लागि अनुभव हुन गयो सुरु सुरुमा अप्ठ्यारो लागे जस्तो महसुस हुन्थ्यो तर पनि इच्छा न हो अभिनय गरेको भिडियो बजारमा आएपछी अझै बढि हौशला मिल्यो कमि कमजोरीलाई सुधार गर्दै लौजादै अहिलेसम्म करिबकरिब एक दर्जनभन्दा बढी म्युजिक भिडियो खेलिसकेका छन् ।

पछिल्लो समयमा धेरै साथीहरूले मेरो गीतमा खेलिदिनुस भन्छन् कम्पनीको कामलाई म्यानेज गर्दै समय मिलाउदै यहीँ क्षेत्रमा आफ्नो भविष्य खोज्न तल्लीन छन् यतिबेला मोडल थापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *