प्रधानसेनापति शर्मा आज बेलायत जाँदै

२१ असोज, काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा आज बेलायत जाँदैछन् ।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायत जान लागेका हुन् । उनी असोज १३ गतेसम्म भ्रमणमा रहने बताइएको छ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्नेछन् । दुवै शैक्षिक संस्थामा नेपाली सेनाका अधिकृतहरु लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका छन् ।

आफ्नो भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती गोर्खा सेनाको मुख्यालयको पनि भ्रमण गर्ने र क्याम्ब्रियन गस्तीमा सहभागी टोलीसँग भेटघाट गर्नेछन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति जनरलको बेलायत भ्रमणका बारेमा बुधबार नेपाली सेनाको मुख्यालयमा नेपालका लागि बेलायती राजदूत रोब फेनसँग छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *