प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित

२२ भदाै, काठमाडौं : याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट शुक्रबार सम्मानित भएका छन्।

अवार्ड वितरणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको छनौट समितिले देशका विभिन्न भागमा कार्यरत स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालतकर्ता, नीतिनिर्माता तथा स्वयंसेवीहरूको आवेदन, मनोनयन तथा सिफारिस आएको थियो । भने आयाेजकका अनुसार रिसाललाई नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्‍याएवापत उक्त अवार्ड प्रदान गरिएको हाे ।

आयोजक संस्थाले भने, ‘ नेपालमा बढ्दै गएको नसर्ने रोगको भारलाई कम गर्दै नागरिकलाई स्वस्थ राख्न समुदायस्तरमा पुगेर यहाँले निर्वाह गर्नुभएको योगदान र जनप्रतिनिधिका रुपमा समयको समेत पर्वाह नगरी अहोरात्र पुऱ्याउँदै आउनुभएको सेवाको उच्च मुल्यांकन गर्दै यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।’ साे कारण रिसाललाई उक्त छनोट समितिले नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रण विधामा अवार्ड प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा संचतलनमा रहेका कार्यक्रमहरू यस प्रकार रहेकाे छ :
१. स्वास्थ्य वीमा स् गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमा संचालन
२. स्वास्थ्य उपचारमा छुटः
क. नेपाल मेडिकल कलेज संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने
६५ वर्ष माथीका जेष्ठ नागरिकहरुलाई रु।एकलाख सम्मको उपचारमा ७० प्रतिशत छुट
ख. नेपाल मेडिकल कलेज संग सम्झौता गरी पाठेघरको मुख र स्तन क्यान्सरका सम्भावीत रोगीहरुको रु १५ हजार सम्मको निःशुल्क प्रयोगशाला परिक्षणा सेवा ।
ग. नेपाल मेडिकल कलेज संग सम्झौता गरी पाठेघरको निःशुल्क शल्यक्रिया सेवा ।
घ. नेपाल मेडिकल कलेज संग सम्झौता गरी निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवा ।
ङ. नेपाल मेडिकल कलेज संग सम्झौता गरी निःशुल्क प्रशुती सेवा (आमा सुरक्षा कार्यक्रम)
च. नेपाल मेडिकल कलेजको ब्लड बैंकबाट निःशुल्क रक्त सेवा
३. नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पताल संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकहरुलाई रु। एकलाख सम्मको उपचारमा ५० प्रतिशत छुट ।
४. आम्दा नेपाल संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने ३० देखि ६० वर्ष सम्मका महिलाहरुलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण ।
५. नगर प्रमुख स्वास्थ कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई :
६. फिजियोथेरापिष्ट र मेडिकल अफिसर मार्फत जेष्ठ नागरिक लगायत थेरापी आवश्यक भएका विरामीहरुलाई घुम्ती फिजियोथेरापी र अन्य उपचार सेवा सुरुवात हुँदै ।

७. नगर क्षेत्रमा चार वटा स्वास्थ्य चौकी र पाँच वटा शहरी स्वास्थ्य केन्द्र संचालन र पाँचवटा स्वास्थ्य संस्थामा प्रयोगशाला व्यवस्था गरी संचालन ।
८. गर्भवती सुत्केरीको उत्तर प्रसुती जाँच घर घरमा गएर गर्ने व्यवस्था ।
९. गोकर्णेश्वर नगर अस्पतालबाट सेवा प्रवाह
क. विहान ७ :०० बजेदेखि बेलुका ५स्०० सम्म ओ। पि। डी। सेवा संचालन गरी दैनिक ४०० भन्दा बढी विरामी जाँच ।
ख. अत्याधुनिक उपकरण जडान गरी प्रयोगशाला संचालन ।
ग. मुटुरोग, स्त्री रोग, बालरोग, हाडजोर्नी, रेडियोलोजिष्ट र सामान्य चिकित्सा सेवा का विशेषज्ञहरु राखी उपचार सेवा संचालन ।
घ. आँखा जाँच सेवा संचालन ।
ङ. निःशुल्क एम्बुलेन्स सेवा ।
च. निःशुल्क रेवीज विरुद्दको खोपको व्यवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *