प्रधानमन्त्री दाहाल NYC मा: UNSC गुटेरेससँग भेटघाट

१ असोज, काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन हाल अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, अल्पविकसित देश, विकास वित्तपोषणलगायतका विषयमा छलफल भएको थियो । “हामी नेपाल-संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ प्रगाढ बनाउन सहमत भयौं”, प्रधानमन्त्रीले ट्विट गर्दै संयुक्त राष्ट्र महासभाको ७८ औं अधिवेशनको छेउमा UNSG लाई भेट्न पाउँदा खुशी व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *