प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई आज सम्बोधन गर्दै भोलि चीन प्रस्थान गर्ने

४ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दैछन् ।

उनले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण उत्पन्न स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाका विषयमा सम्बोधन गर्नेछन् ।

न्युयोर्कबाट प्रधानमन्त्री दाहाल भोलि सेप्टेम्बर २२ मा चीन प्रस्थान गर्ने छन् । उनी सेप्टेम्बर ३० मा स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *