प्रधानमन्त्री दाहाल र जो बाइडेनबीच भेटवार्ता

५ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल हाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा छन् । महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिको सम्मानमा बाइडेनले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री दाहालले बाइडेनसँग भेट गरेका हुन् । प्रधानमन्त्री दाहालको सचिवालयले दुई नेताबीच भएको भेटको तस्बिर सार्वजनिक गरेको छ । प्रधानमन्त्री दाहालले न्यानो आतिथ्यताका लागि बाइडेन र उनकी पत्नीलाई धन्यवाद दिए ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा अमेरिकाबाट चीन जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *