प्रधानमन्त्री दाहालले बोलाए पदाधिकारी बैठक

१५ असोज, काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन् ।

विद्यालय शिक्षा विधेयक, विशेष रुपान्तरण अभियान, प्रधानमन्त्रीको चीन भ्रमणको ब्रिफिङलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको र सबै प्रदेशका इन्चार्जहरुले एक महिनाको समीक्षा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *