प्रधानमन्त्री दाहालले नर्वेका प्रधानमन्त्री जोनाससँग न्यूयोर्कमा भेटवार्ता

४ असाेज, काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेसँग भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री जोनासबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *