प्रधानमन्त्रीले गरे, रुकुमको चुनवाङमा गुरिल्ला ट्रेलको उद्द्घाटन

Prachanda at Chunbangपौष ९ रुकुम, प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानै माओवादीका बरिष्ठ नेताहरुसहित रुकुमको चुनवाङ पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्रहालय’ को उदघाटन गरेका छन् ।

माओवादी जनयुद्धकालमा चर्चामा रहेको ऐतिहासिक चुनवाङ बैठकस्थलको प्रधानमन्त्रीले निरीक्षण गरे । सो बैठकस्थललाई जनयुद्ध संग्रहालय बनाउने घोषणा गरेका हुन् ।

काठमाडौंबाट हेलिकोप्टरमा सीधै चुनवाङमा ओर्लिएका प्रधानमन्त्री प्रचण्डले भावुक हुँदै जनयुद्धकालमा आफूले सेल्टर लिएको घर र कोठाहरुको अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायतका नेताहरु रुकुमको उक्त ऐतिहासिक घरमा पुगेका थिए । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत सरकारी कर्मचारी पनि माओवादी नेताका साथमा थिए । चुनवाङ बैठकबाटै माओवादी पार्टीले शान्ति प्रक्रियामा आउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो स्थलको ऐतिहासिक महत्व रहेको बताए ।
विगतमा लोकेन्द्र विष्टमगर पर्यटन तथा संस्कृतिमन्त्री रहेका बेला चुनवाङ बैठकस्थललाई सरकारले संरक्षण गर्ने निर्णय गरेको थियो । त्यसपछि यहाँ कम्पाउण्डसमेत गरिएको छ । बैठक बसेको घरलाई संरक्षण गरेर राखिएको छ, जसलाई शनिबार प्रधानमान्त्रीले जनयुद्ध संग्रहालयका रुपमा औपचारिक उदघाटन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *