प्रधानमन्त्रीलाई धर्ना, घेराउ तथा चेतावानी

इन्द्र कुमार राई (जिजीबिषा) / काठमाडौ १७ पुस- प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास काठमाण्डौस्थित वालुवाटारमा धर्ना र घेराउ कार्यक्रम गदै धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गरिएको छ । धनकुटलाई प्रादेशिक राजधानी नबनाए ठूलो आन्दोलन पूर्वमा हुने चेतावानी समेत प्रधानमन्त्रिलाई दिएका छ ।

प्रादेशिक राजधानी निर्माण अभियान समितिले आज प्रधान मन्त्रि शेर वहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ र धर्ना गरी १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न माग गरेको अभियान समितिका संयोजक उमेश घिमिरेले बताएका छन् ।

पूर्वाधार,सार्मथ्य,सुरक्षा,सुन्दरताको खानी रहेको धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउदा अन्र्तराष्टिय सिमाना र भौगोलिक समदुरीले पनि उपयूक्त रहेको विवादरहित पनि हुने भएकाले धनकुटालाई १ प्रदेशको राजधानी घोषणा गर्न धर्ना तथा घेराउ कार्यक्रममा प्रदेश सभाका सांसद इन्द्रमणी पराजुली,नेपाली कांग्रेसका धनकुटका सभापति अग्नी प्रसाद पौडेल,नेकपा एमालेका नेता धर्मराज पौडेल,अभियानका संयोजक उमेश घिमिरे,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई ,मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष विदुर सुवेदी,नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई लगायतले प्रधानमन्त्री शेरवहादुर देउवासंग माग गरेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको ध्यानाकर्षण गर्न आयोजना गरिएको धर्ना तथा घेराउ कार्यक्रमममा १ नम्वर प्रदेश सभाका सांसदहरु लिला सुब्बा,आर सी तुम्वा,बिना राई,कुसुम कुमारी श्रेष्ठ,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा काठमाण्डौ विभिन्न पार्टीहरुका सम्पर्क समिति,मञ्च,गणातान्त्रिक मञ्च लगायतका पदाधिकारीहरु,धनकुटा लगायतका १ नम्वर प्रदेशका जिल्लाहरुबाट काठमाण्डौ आई पेशा व्यावसाय तथा रोजगार गरिरहेका आम सर्वसाधारणहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रदेश नम्वर १ को धनकुटालगायत १४ वटै जिल्लाबाट र राजधानी काठमाण्डौमा धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै हस्ताक्षर गरिएको ७ लाख भन्दा बढीको हस्ताक्षर र ज्ञापन पत्र भोली प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाउने कार्यक्रमको रहेको समेत नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *