प्रधानमन्त्रीको निर्वाचनमा जान आग्रह

मंसीर १६ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेको छ ।

बिहीबार बालुवाटारमा संयुक्त मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले उक्त प्रस्ताव गरेको हो । अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं भनेर प्रधानमन्त्रीले भने ।

बैठकमा मधेशी मोर्चाका नेताहरुले मधेशका थप मागहरु सम्बोधन हुने गरी संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *