प्रधानन्यायाधीश सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान

काठमाडौं ।संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ।

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ।

कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो। यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *