प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

काठमाडौं, २६ माघ- प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । संसदीय दलको नेता चयनको लागि भएको चुनावमा ३४ मत ल्याएर पौडेल विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २४ मत ल्याएर पराजित भएकी छन् ।

संसदीय दलको नेतामा निर्वाचित भएसँगै डोरमणि प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्रीको दाबी गर्दै आएकी शाक्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *