प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ दिने ४ मन्त्री

२१ भदौ, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा सांसद र चार मन्त्रीबीच प्रश्नोत्तरको सत्र हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयसँग सम्बन्धित माननीय मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

जलस्रोत र सिँचाइ। त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय महिला आयोग’को १५औँ वार्षिक प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *